~दीपेन्द्रसिंह थापा~
केवल हिँडिदिनु छ
केवल हिँडेजस्तो गरिदिनु छ
आफैँदेखि आफँैसम्मको यात्रा न हो
न केही पाउनु छ
न केही गुमाउनु छ ।
केवल रित्तिनु छ
केवल सिद्धिनु छ
शून्यदेखि शून्यसम्मको हिँडाइ न हो
न केही लिनु छ
न केही दिनु छ ।
केवल मृत्युको याम पर्खिनु छ
केवल समयको आयाम खर्चिनु छ
अनुभूतिदेखि अनुभूतिसम्मको फैलाइ न हो
एउटा रंग बनिदिनु छ
एउटा तरंग बनिदिनु छ ।
प्रकाशित: भाद्र २९, २०७१
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )