तिमीलाई चाही मरी मेटेकै हो
छिचोलेर बाधा मैले भेटेकै हो
तिमीलाई मेरो बिन्ती लागेन
तिमीले मायाको गला रेटेकै हो
भाग्यको लेखानै सम्झ तिमीले
यसरी फेरि भेटिनु रै`छ
त्यो पनि भाग्यकै लेखा भनौं भो
जोडेको मुटु छुट्टीनु रै`छ
तिमी भित्र मैले खुशी देखेकै हो
छिचोलेर बाधा मैले भेटेकै हो
सस्तो म सस्तै नै रहेँ तिमीले
महँगो यात्रा रोजेर जाँदा
जस्ताको तस्तै म अझै रहेँछु
कुडिन्छु तिमी घोप्टेर रुँदा
तिमीले त्यो साझा बाटो फेरेकै हो
छिचोलेर बाधा मैले भेटेकै हो
तिमीलाई चाही मरी मेटेकै हो
छिचोलेर बाधा मैले भेटेकै हो
तिमीलाई मेरो बिन्ती लागेन
तिमीले मायाको गला रेटेकै हो
07-03-2010
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )