~डा रविन्द्र समीर~
ईश्वरलाई आप्mनो सृष्टिप्रति वितृष्णा जाग्यो । कोही आलिसान महलमा सुखसयल भोगिरहेका छन् भने कोही सडकमा सुत्न बाध्य छन् । यो दूरावस्था देखेपछि ईश्वरले नारदलाई साथमा लिएर दानकर्मको लागि पृथ्वीमा ओर्लिए ।
‘प्रभु ! मेरो पाँचतले घर छ, दस तले घर बनाउने इच्छा छ ।’ –ईश्वरले यथेष्ट धनको राशि उसलाई छोडे ।
‘प्रभु ! मेरो मारुती कार पुरानो मोडेल भयो, प्राडो, पजेरो चढ्न पाऊँ ।’ – ईश्वरले महँगो कार किनिदिए ।
‘प्रभु ! सहरमा मेरो जम्मा पाँच रोपनी जग्गा छ । बगैँचा, स्वीमिङ पुल, खेल मैदानको लागि जग्गा पुगेन’ – ईश्वरले प्रशस्त जग्गा किनिदिए ।
‘प्रभु ! मसँग सुन पाँचकिलो मात्र छ, अनाथमाथि कृपा होस् ।’ –ईश्वरले एक पाथी असर्फीहरू दान दिए ।
एवम् प्रकार दान दिँदै जाँदा ईश्वरले ल्याएको पैसा र सुनको थैली रित्तो भयो ।
त्यसपछि ईश्वर सुकुम्वासी टोलतर्पm प्रस्थान गरे । उनीहरूको कारुणिक स्थिति देखेर ईश्वरलाई नरमाइलो लाग्यो, तर उनीसँग दान दिने वस्तु केही पनि बचेको थिएन । ईश्वरले लाज मान्दै सुकुम्बासी सामु प्रकट भए । यी गरिबहरूले केही मागिहालेमा के दिने होला ? ईश्वरलाई सङ्कटकाल लाग्यो ।
‘प्रभु ! हामीमाथि दया होस् ।’
ईश्वरले विजय मुद्रामा जवाफ दिए – ‘तथास्तु !
(स्रोत : डा रविन्द्र समीरको पुस्तक ‘ईश्वरको खोजी’ बाट सभार )