~रवि प्राञ्जल~
धुवाँ – धुलो खडेरी मै फुलेको छ चैत !
प्रिये तिमी फुल्ने भए म’नि फुल्छु है त ।
शिखरमा पुग्यौ अनि धरातलै बिरस्यौ,
तिमी लड्दा काँध थाप्ने तिम्रा साथी खै त ?
जति बढोस् रुवाउने र रुने बीच दुरी,
हुन्न आखिर जित यहाँ रुवाउने कै त ।
देखाउने दाँत जस्तै भयो ‘नै ति क ता’,
खोजूँ कता ? भेटिँदैन पहिलो अक्षर ‘नै’ त ।
भित्र रम्छ एउटा चरा बाहिर रुन्छ अर्को,
म ‘नि रुन्छु संसार यो सम्झिएर द्वैत ।
१६ चैत्र २०६८
काठमाडौ ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)