~ज्ञानु गौतम~
तीजको रंगीन चुरा पोते र साडी मा
सजियेकी म,
कृष्ण मंदिर को सेरोफेरो घुम्दा घुम्दै
यी बृद्धा लाई भेट्छु ,
यिनले मलाई नजिक बोलाउन्छिन
शुरुमा अतीत तीर बरालिन्छिन
अनि भन्छिन,
नानी
म पनि तिमी जस्तै थिए बैंश मा
तर
एकाएक मेरो भाग्य ले कोल्टे फेर्दै गयो
मेरो जीवन मा ‘बिद्रोह’ को जहर पस्यो
शुरुमा
मेरा बूढा लाई सुराकी को आरोप आयो,
सामान्य कुराकानी को लागी गएका ती आज सम्म फर्केनन
एउटो छोरो
आशाको त्यांद्रो
आफै जंगल पस्यो
सबै जंगली सहर पसे तर ऊ उतै बिलायो
नानी ,
बुढेसकाल,एकलै
यो पाटी मा छू
तिम्रो ऊमेर को मेरो सपना ताजा नै छ
तर म आज यहाँ छू
August 29th, 2009
(स्रोत : Mysansar.com)