~हेमराज आचार्य~
नरुनु है संघर्षको दियो बाल्दा मरे भने
बंकरमा दुष्मनले संगीन दाब्दा मरें भने
मेरो कर्म तरबारको धारै धारमा हिंड्नु पर्ने
बीरताको मन्त्र जप्दै बम फाल्दा मरें भने
बीर बनि कतिखेर को निस्कन्छ पत्तै हुन्न
अलाप–बिलाप नगर्नु है लड्दा–लड्दै मरें भने
प्रेरणा छ मलाई तिम्रो राष्ट्रघाती भन्ने छैनौं
देशका लागि लड्दा–लड्दै यातना पाई मरें भने
आफ्नो स्वार्थ भन्दा पनि देशको भित्ता खाल्डो परे
गर्व गर आफ्नो देशको भित्ता टाल्दै मरें भने
हेमराज आचार्य
इलाम
(स्रोत : इलाम पोस्ट अन्लाइन)
