~विचित्र मुल्मी~
सुनौलो भविष्यको कुरा
कसैले गर्न थाल्यो कि आजभोलि
त्यो भविष्य
सुन जत्तिकै महँगो हुने त हैन ?
भन्ने लाग्न थालेको छ ।
सुन्दर सपनाको कुरा
कसैले ग¥यो कि आजभोलि
त्यो सपना होटेलको खानपानमा
विलय हुने हो कि ?
भन्ने लाग्न थालेको छ ।
आजभोलि
जोसुकैले आश्वासनको कुरा
बतुरे पनि
त्यो भ्रम मात्र हो कि जस्तो
लग्न थालेको छ ।
कारण
आजभोलि जो पनि
छलछामकै कुरा मात्र गर्छन्
अर्कालाई फसाएर
आफैं मात्र उठ्न खोज्छन्
यसैले
कसैले साँचै कुरा गरे पनि
त्यो बठ्याइँ नै जस्तो लाग्न थालेको छ
खुलेरै भनौं त
पहिले कायम आदर्शहरु सब
भजाइसकेका छन् धूर्तहरुले
केवल धारणा मात्र बाँकी राखेका छन्
अमूर्तहरुले
जुनसुकै काम र कुरा पनि
अहिले स्वाङ लाग्न थालेको छ
आक्रोशै मात्र जाग्न थालेको छ ।
(स्रोत : श्री रुपरेखा)
