~सार्थक सिम्खडा~
रोजेको त तिमी नै हो पाउन सकिन
मायारुपी बहार बनी छाउन सकिन
हरियाली बन पाखा लाली गुराँस फुल्दा
कोइली जस्तै प्रितको गीत गाउँ सकिन
बसन्त यो ऋतु उजाड मेरो जिबन
पागल तिम्रो प्रेमी बनी धाउन सकिन
मरुभुमी तातो राँख् जलिरहेछ यो मन
शितल निश्चल प्रेम लाउन सकिन
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
