~दिपक घर्ति मगर~
तिमी भन्दा अन्त राम्री देख्या छैन अझै
तिमी बाहेक अन्त लगन लेख्या छैन अझै
हास्यो बस्यो बोल्दा खेरि माया बसेछ हाम्रो
मन को कुरा भनि हाल छेक्या छैन अझै
बितेका पल सम्झि ल्याऊदा हासो लाग्छ कहिले त
ताजै छन् तिम्रो सम्झना मेट्या छैन अझै
लाठे पार्दै तिम्रो काखमा सुतेको याद आऊछ
तिमी जस्ति असल साथि भेट्या छैन अझै
नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )