~प्रमेश न्यौपाने~
खुशी छौ कि दुखी तिमी, बुझ्न मलाई गाह्रो भयो।
रहर हो कि बाध्यता तिम्रो, हेर्न मलाई सरो भयो।
होस मा छौ कि बेहोसी तिमी,कस्तो तिम्रो पागल्पन।
यात्रा हौ कि बास मा कतै, पिडा मा हो कि तिम्रो मन।
अधेरी रात मा मेरो हात मा, बस तिमीलाई साथ छ।
दाँया हात काख बस्नको लागि, बाँया हात तिम्रो माठ छ।
भन्नु त मलाई केही छैन, साँझ को तिमी पाहुना हौ।
बिरह त्याग स्वाभिमान मा जाग, समाजको तिमी एना हौ।।
September 6, 2009
(स्रोत : Mysansar.com)