कविता : मृत्यु

~दिपक अधिकारि~

आयछ थाहै नपाई, न त खबर नै दियछ,
आँखा झिम्क्याउन नपाउँदै त्यो, प्राण पखेरु लियछ,
न भन्छ बुढो नै, अनि न त तन्देरी नै,
लाउँला-खाउँला भन्दा भन्दै, किन यस्ले लैजान्छ खै?!

जानेलाई नि थाहा छैन, होला कुन मन्जिल्,
लैजानेले बताउँदैन कहाँ जाने भनेर,
न भन्छ यो दुखी नै हो, न भन्छ यो गरीब नै,
जगत भर रजाँई गर्छ, सारा आफ्नै हो भने झैं!!

कसैलाई बिर्सिदिन्छ, नब्बेमाथि पुगेपनि,
कसैलाई टप्प टिप्छ, बालकै छ भने पनि,
भन्दैन यो कसैलाई, भर्खरको यो नयाँ जोडी,
खोसि-खोसी लागिदिन्छ, सबै आफ्नै हो झैँ गरी!!!

न कसैले भन्न सक्छ, हो त्यो को भनेर,
न कसैले जोडन सक्छ, औँलामा गनेर,
हावासारी आईदिन्छ, काल त्यो बनेर,
चिनिन्छ त्यो संसारभरि मृत्यु हुँ भनेर!!!!

दिपक अधिकारि
बृमर्हाभन
जर्मनी

April 19th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.