~दिपक घर्ति मगर~
मनको कुरा छर्लङ्ग पार्न बाँकी छ ।
तिम्रो माया मेरो पास सार्न बाँकी छ ।।
पहिले तिमी लजाउँदै हिड्ने गर्यौ ।
दैवको आँखाबाट बार्न बाँकी छ ।।
तिमी बाट टाढिएर बाँच्न गाह्रो छ ।
सिउँदोमा सिन्दुर भरि तार्न बाँकी छ ।।
कति मिठो बोलि तिम्रो गुञ्जीयो मेरो कानमा ।
दुबै मिलि गन्तव्यमा झार्न बाँकी छ ।।
हाम्रो माया घाम-छायाँ हुने होकि डर लाग्छ ।
बाल्यकालका पिडा सम्झि छार्न बाँकी छ ।।
कस्तो होला भविष्य कल्पना गरि बस्छु अचेल ।
दुई मुटु साँचि राखि खार्न बाँकी छ ।।
नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )