~बिरही राज मगर~
म त हजुर परदेशमा दास बनेको छु ।|
जिउँदै बेबारिसे लास बनेको छु ।|
तेसैले त न आउनु भन्छु परदेश सबैलाई
हेपिने र ठगिने मा खास बनेको छु ।|
कामै काम न त खान सुत्नको ठेगान
पुरै शरीर सुकी सत्यानास बनेको छु ।|
भन्थे आफन्त कमाउन परदेश छिर्नु पर्छ
यही परदेशले म त घर नबास बनेको छु ।|
लाग्छ कती चल्ला र यसरी जिन्दगी
छिन्नै ला’को अन्तिम सास बनेकोछु ।
बिरही राज मगर
धाङ्सी रोल्पा
हाल सात समुन्द्र पारी बात
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )