~पेशल आचार्य~
मनमा जति भएपनि, पढ्ने लेख्ने रहर
साझ बिहान छाक टार्न, घुम्दै हिड्छौ शहर
जति सुकै परिवर्तन, देशमा आएपनि
खाते भनि छि-छि गर्छन, बाटो हिड्दा पनि
खानलाई गास छैन, न बस्नलाई वास
रमिते भै बाँचेका छौ, बनि ज्युदो लास
भुस्याहा कुकुर-फोहोर हाम्रा, नजिक का साथी
रात-बिताउछौ तारा गन्दै, खुल्ला मैदान माथि
भावीले पनि भुल गरेछ, यस्तो कर्म लेखि
मृत्यु पनि डराई भाग्छ, “फोहोर” खाएको देखि
मैला लुगा फोहोर खाना, सपना होइन हाम्रो
तारा जस्तै चम्कने छौ, मौका पाए राम्रो !
तारा जस्तै चम्कने छौ, मौका पाए राम्रो !