~केशर थुलुङ~
त्यो कालो डर लाग्दो
त्यो अँध्यारो अनकन्टार
सम्झदाखेरि नै
आङ जिरिङ्ग-जिरिङ्ग हुने
जहाँ पाइलाई पिच्छे
मृत्यु हुन सक्ने
केवल अविवेकीहरु
यात्रा गर्ने भयभित
त्यो रात
ग्यारेन्टी दिएर त
म भन्न सक्दिन
त्यो कोलाहल
त्यो अन्यन्त्रित रात
ति म्रो निम्ति
मेरो निम्ति
अनि समग्रमा भन्नुपर्दा
हाम्रो निम्ति
सभ्य हुन सक्छ
अपराधी हुदैन भनेर
म सानो छँदा
हजुरबाले पनि सुनाउनुहुन्थ्यो
बाले पनि भन्नुहुन्थ्यो
त्यो रात
त्यस्तै थियो रे
आजभोलि त
म स्वयम्ले भोगिरहेको छु
अस्ति राति
माथिल्लो गाउँ, तल्लो गाउँमा
हिजो राती
पल्लोगाउँ, वल्लो गाउँमा
भयनक बनेर आयो
साँच्चै रात
रात नै हुदोरहेछ
न त आकषिर्त देखिन्छ
न त गुहार्न सकिन्छ
क्रोधको आवाज लिएर
अजङ्ग बनेर
आउने गर्छ
तपाई हामीबिच
त्यसैले
सावधान ! रातसँग
ठाडै निल्न नपाओस् हामीलाई
हाम्रो रगत पिउन नपाओस्
त्यो उज्यालो नआएसम्म
चनाखो, चतुर रहौँ ।
हालः दुवई
(स्रोत : कविता कुसुम)