~दिपक घर्ति मगर~
सुनसान बनमा गाई चराएको याद आयो
मिठा मिठा कुरामा हराएको याद आयो
अनगिन्ती माया गर्छिन उनि बयान गर्नु कसरी
सानू भनी उन्लाइ बोलाएको याद आयो
बेग्लै थियो हाम्रो माया लजाउने उनी अझै
म बाट टाढा हुन्छीन भनि डराएको याद आयो
कति राम्रो दन्तेलहर हाँस्दा कति सुहाउँने
आँखा मारि फुर्काउदै सराएको याद आयो
सन्का कहिल्यै नगर्नु भनी रहन्छिन ऊनी
उन्कै लागि कल्पी कल्पी हराएको याद आयो
सुख दुख मा सँग सँगै जीउने वाचा हाम्रो
सर्वगुण सम्पन्नमा मन पराएको याद आयो
नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )