गीत : बैनीको दया छ भने….

~चेतन कार्की~Chetan Karki

केटा – बैनीको दया छ भने, रोदी घरमा दाई नाच्यो नभने
बैनीको दया…

केटा – धर्ति फोरी टुसाएको, बाँसको छोरो तामा
तन्नेरीलाई सोल्टी भन्ने, मै बुढालाई मामा

केटि – सीम खेतिलाई सीमको पानि, टारी खेतलाई कुलो
सुन र चाँदी भन्नु मात्रै, माया रहेछ ठुलो
बैनीको दया….

केटा – पाकीमा हाल्यो अमचुरै दाना, भुइँ झरे कुहुने
न्याउली जस्तो म कराईरहने, भेट कहिल्यै नहुने
बैनीको दया….

शब्द: चेतन कार्की
संगीत: व्हि. बलसारा
स्वर: नारायण गोपाल, तारा देबी र समुह
चलचित्र: “परिबर्तन”

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.