~जया राई~
बसमा यात्रा गर्नु छ, म जानुपर्ने ठाउँ हो, स्ट्यानमोर, यो लन्डको नव धनाढ्यहरु बस्ने सुन्दर शान्त एरिया हो । म रातो रगंको डबल डेकर बसमा चढेकी छु । मौसम अलि घुर्मौलो छ, सफा छैन, विहान हो वा दिन के हो, आफैंलाई थाहा छैन । बस, बेला बखतमा आफ्नो स्टपमा रोकिन्दै जान्छ, बसमा चढ्ने भन्दा ओर्लने यात्रु बढी छन् । हुँदा, हँुदा बसमा यात्रा गरिरहेको यात्रु सबै ओर्लिसके । थोरै यात्रुहरु मात्र बाँकी रहेका छन् । म ओर्लन अगाडि अर्की सहयात्री महिला पनि ओर्लिन्, अब म मात्रै बसमा यात्रा गरिरहेकी छु । तर अहिले किन हो बस सहि बाटोमा नहिडेर अन्तै बिरानो बाटोमा गैरहेको थाहा पाएँ । ती महिला ओर्लिए पछिको अर्को स्टपमा म पनि हतारिन्दै ओर्र्लिएँ ।
रातो डबल डेकर बस त तराईको अभेग, खेतै खेत गाउँको बाटोमा, अन्तै कता हो कता जादै थियो । मैले हत्न पत्त अत्तालिर्न ओर्लन अगाडी बस डाइभर संग यो अनौठो गाउ तिर किन ल्याएको, अब म जहाँ जानु पर्ने त्यो ठाउँमा मलाई जान अप्ठेरो भयो । अब कसरी जानेर भनेर डाइभर संग म विवाद गर्न थालें । अफ्रिकी मुलको ड्राइभरले लन्च खाने समय भएर, लन्च खान उसको घर तिर गएको, छोटो उत्तर दियो ! त्यै बेलामा अर्को एशियन मुलको ड्राइभरले टल्कने पहेंलो युनिफमको कोट लगाएर उसलाई पालो पनि दिन आयो, हेन्ड ओभार गरेर पहिलो डाइभर कता गयो थाहै भएन ।
समय अलि अँध्यारो भैसकेको र विरानो ठाँउ भएकोले म भित्र डर, त्रास पलाई सकेको छ । चिने जानेको कोहि छैन, मैले पुग्न पर्ने ठाउँ, अहिले म पुगेको ठाउँ भन्दा अझ अभेग लाग्छ, त्यो बस फेरी त्यता जाला जस्तो छाँट् छैन । म जहाँ जानु पर्ने हो त्यो त मेरो काम गर्न जानु पर्ने ठाऊँ हो । म सपिङ अथवा घुम्न गएको हुदै होइन । अब काममा पुग्न ढिलो भएकोले मलाई अति नै चिन्ता भएको छ । समयमा पुगिन्दै भनेर भित्र भित्र आत्तिएको छु । बस ड्राइभरले यो दुख दिएकोले बस कम्पनिको हटलाइनमा कम्प्लेन गर भनेर कसैले मलाई तत्कालै सुझाउ दिएकोले बसको बाहिर पट्टी लेखिएको हटलाइनको नम्बरमा फोन गर्न चाहेको, फोन गर्न कोटको गोजीमा, झोलामा खोजें तर फोन त घरैमा छुटे छ । क्या फसाद !
फोन म संग नभएको र मलाई परेको मर्का त्यहाँ भएको कसैले थाहा पाएर उसैको आफ्नो फोनबाट हटलाईनको नन्बर डायल गरेर मलाई बोल्न दियो । म खुब जंगिदै, आपूmले बस यात्रा गर्दा पाएको र भएको असुविधाहरु बेलिविस्तार लगाउन थालें । त्यो, मलाई अलपत्र पार्ने ड्राइभरलाई सक्तो कार्वाहि गर्ने माग राख्दै फोनमा कस्सि कस्सि बोल्न थालें । जब मेरो सबै भनाई सकियो उताबाट त बस कम्पनिको कर्मचारि बोलिरहेको थिएन, मैले जाने कामको सुपभाइजर पो बोलि रहेको थियो ।
म त क्या छक्, भन्दा पनि तीन छक् परें बा, के भा होला बा ! बस कम्पनिको हटलाईनमा फोन गरेको कसरी मेरो काम गर्ने कम्पनिमा पुग्यो फोन, आफैंलाई प्रति प्रश्न गरें, के भा होला यो सब घटनाहरु
“सोच्न थाले, खुब सोचे, के भा हो, यस्तो पनि हुन्छ ! बस कम्पनिको हटलाईनमा फोन गर्दा कसरी काम गर्ने कम्पनिको सुपरभाइजर बोल्छ ! ” टाउको समातेर सोच्न थाल्छु । सोच्दा सोच्दा बल्ल पछि थाहा भया,े यो त सब सपना पो रहे छ, बस चढ्नु , फोन गर्नु , मैले अनेक मानसिक दुख्ख पाउनु, धत्तेरिका सपना ! !
मेरा आदरणीय पाठक वृन्द के तपाईलाई पनि कुनै बेला यस्तो भा छ ?
जया राई, लन्डन
(स्रोत : ANEWA)