~गणेश भट्टराई~
जब मसँग प्रसस्त फूलहरु थिए
जाँगर थियो, जोश थियो
बिडम्बना बगैँचाको अर्थ थाहा थिएन
तर जब अर्थ बुझेँ र बगैँचाको परीकल्पना गर्न थालेँ
समय धेरै अगाडि बढीसकेको रहेछ
फूलहरु ओेईलाई सकेका रहेछन
ईतिहासको काल-कोठरीमा बन्दी भई सकेका रहेछन।
जब मसँग प्रसस्त शब्दहरु थिए
भावना थियो, स्वर थियो
बिडम्बना अभीब्यक्तीको अर्थ थाहा थिएन
तर जब अर्थ बुझेँ र अभीब्यक्त गर्ने इक्ष्या पाल्न थालेँ
समय धेरै अगाडि बढीसकेको रहेछ
मेरा स्वरहरुमा कम्पन आउन थाली सकेका रहेछन
मेरा जिब्राहरुलाई लाटो बनाइसकिएको रहेछ।
जब मसँग केही गर्ने इक्ष्या थियो
द्रिढता थियो, संकल्प थियो
बिडम्बना बिजेता हुनुको अर्थ थाहा थिएन
तर जब अर्थ बुझेँ र द्वापर युगका तरबारहरु तिखार्न थालेँ
समय धेरै अगाडि बढीसकेको रहेछ
कलियुगका अणु बमहरु मलाई हेरेर हाँस्दै रहेछन
मेरो मुर्खता देखेर आफ्नो काखी पट्काउँदै रहेछन।
कस्तो मुर्खता, कस्तो निस्ठुरी दैब
अझ कती पापी रहेछ समय
मलाई एक्लै छाडेर आफु लुरु-लुरु हिडिरहेको रहेछ
जब मैले समयलाई आफुभन्दा अगाडि हिंडेको देखेँ
र दकुर्दै समयलाई भेट्टाउने इक्ष्या लिएर उठ्न खोजेँ
म उठ्न सकिन, अनी बल्ल थाहा पाएँ
मेरो सिथिल शरीर मृत्यु-सैयामा पल्टिरहेको रहेछ।
अप्रील 11, 2009
(स्रोत : रचनाकारको ब्लगबाट सभार)