~अशोक बाजपेयी~
अनु : केशव सिग्देल
चराहरु उडेर आउनेछन्
लिएर हाम्रो बाल्यकाल
सूर्यको उज्यालो जस्तै।
चराहरु आउनेछन्
कुनै प्राचीन शताब्दीका अँध्यारा काला जङ्गलहरुबाट
अनौठो समयका
त्यान्द्रा जम्मा गर्दै
र हामीहरुमाथि छायाँ जस्तै छाउनेछन्
र गुँडहरु बनाउनेछन्।
चराहरुले ल्याउनेछन्
पछाडि छोडिएका सपनाहरु
पुर्खाका कथाहरु
कविताहरु
आधा विर्सिएका
छाड्नेछन् तिनी सबै
हाम्रो वरण्डामा
र उड्नेछन् टाढा कतै।
चराहरु आउनेछन्
तर कसलाई थाहा
कताबाट जान्छन्?
कहाँ जान्छन्?
हरिया पातहरुको बीचमा
हाँगाहरुमा बस्ने
नीमका दानाहरु
बढ्दै गएका फलहरु
चराहरुले गाउनेछन्
चराहरुले गाउनेछन्
हाम्रो बाल्यकालका गीतहरु
हाम्रो जीवनका
हाम्रो मृत्युका।
चराहरु अनन्त छन्
तिनीहरु अनन्तबाट
र अनन्तका लागि उड्छन्।
Birds Will Arrive
अशोक बाजपेयी (भारत)
(स्रोत : Nepalikalasahitya)