~निर्भीक रार्इ~
(म कवि भएको औचित्य)
मेरो कविताहरु मेरो गुरुहरु भएको ।
जसले ज्ञानको राँको बाली
अँध्यारोमा मलाई डोर्याउने ।
मेरो कविताहरु मेरो अभिभावकहरु भएको ।
जसले गलत बाटोमा हिँड्न मलाई रोक्ने ।
मेरो कविताहरु मेरो साथीहरु भएको ।
जोसँग बातमार्दा, खेल्दा वा डुल्दा
मेरो पट्यारलाग्दो क्षणहरु फाल्न सजिलो हुने ।
मेरो कविताहरु मेरो आँगन वा कोठेबारीमा
मुस्काएको फूलहरु भएको ।
जसमा नजर लडीबुडी गर्दा
मलाई रमाइलो लाग्ने ।
मेरो कविताहरु मेरो अर्धाङ्गिनी भएको ।
जसले मेरो चोटहरु सुम्सुम्याउने ।
मेरो कविता मेरो असामर्थ्य र
बुढेउलीको लौरो भएको ।
जसले खडा हुनु र लम्कनु मलाई सहारा दिने ।
मेरो कविता मेरो घरको Swiming Pool भएको ।
जहाँ मैले चाहँदा म पौडी रमाउने ।
२०६७ असोज २१
मनमैजु, काठमाण्डू ।
जन्मथलो – भोजपुर, नेपालेडाँडा ।
पेसा – स्वतन्त्र अध्ययन र लेखन ।
(स्रोत : कविता कुसुम)