~राज बरसिंग थापा~
कंठ कंठ बाट निस्किरहेका
यी पिडाका सब्द
कसले सुन्ने
ढुंगा बिचको तरुल जस्तै म
न त ओल्टे न त कोल्टे
उखु चुसे पछी फालियको
सोयला सोयला जस्तै
दिन दिन सुकी जानु जस्तै
मेरो गुमेको भरिलो रसीलो …
यौवन कसले फेरी फिर्ता
दिने
ढुंगा बिचको तरुल जस्तै म
न त ओल्टे न त कोल्टे .. .
आफुले आफ्नै चलिरहेको घिट घिट लाई
सिध्याउनु बाहेक ….
आफ्नै आमाको रगतको लप्का पिउनेको
के कम …
आफ्नै
बाबूको गर्धनको चोक्टा लुछ्नेको के कम
आफ्नै चेलिको सिंदूर पूछने को के कम
आफ्नै पुरुस्वार्थको गर्धन निमोठने हरु …लाई
म अबोध
म कोमल
म निर्दोष
म बेसहारा
थर थर काप्दै
बिबसता संगै बाध्यता संगै
आफ्नो अस्तित्व
सुम्पिनु बाहेक
ढुंगा बिचको तरुल जस्तै म …
न त ओल्टे न त कोल्टे ..
जन्म दिने आमालाई नछोड्ने
पतित ले
आफ्नो कलियो चिचिलो मूनाको
घाटी निमोठ्ने सैतान ले
म बेसहारा
म अबोध र निश्चल
भरखर फक्रिन लागेको
गुलाबको मुन्ठो निमोठ्नु
कुन ठुलो कुरो भयो र ….
म त दुइ ढुंगा को तरुल जस्तै..
बाजले छोपेको बचेरा जस्तै
यी क्रुर र कलंकित पन्जा बाट कसरि
उम्कन सक्छु र
दुइ ढुंगाको तरुल जस्तै
न त ओल्टे न त कोल्टे ..
यहि धर्ति मै जन्मेर धर्ति पुत्रको बदनाम गर्ने
कुपुत्र हरु
आमाको रगतको लप्का मा
खेल्न पल्केका अधर्मी हरु
आफ्नो
पुरुस्वर्थ्को कलियो चिचिलो लाई
बचाउन सिक
जन्मेको कोख लाई
पुज्न सिक..
राज बरसिंग थापा
Drumheller Canada
(स्रोत : Mysansar.com)