~विष्णुप्रसाद धिमाल आजाद~
पुर्याउ चाँडै हाम्रो गाउँमा मोटर गुड्ने बाटो
दश औंला घोटी पुर्याउ खान सँधैलाइ आँटो
पंक्षिहरु चिरविर स्वरमा राष्ट्रिय भाका हाल्छन्
नदिहरु हुहुंकार गर्दै नयाँ मार्ग खोज्न थाल्छन्
पयौं फुल्दा लेक लेक बुकि वेसि फुल्छ
रात पछि सुन्दरताको पक्कै विहानी खुल्छ
पुर्याउ चाँडै हाम्रो गाउँमा मोटर गुड्ने बाटो
डाँडा पाखा भित्ताहरु रंगिचंगि होलान्
कैद गरे तस्विर पछि सन्ततिले छोलान्
बाँझो खेत बारीहरु जव जोतिनेछन्
विकासको मुहारहरु तव भेटिनेछन्
पुर्याउ चाँडै हाम्रो गाउँमा मोटर गुड्ने बाटो
स्वर्ग भन्दा प्यारो ठानि फर्कै स्वदेशमै
छोडौं अव जानलाई त्यागौ बिदेशलाई
स्वच्छ राखौ आफ्नो गाउँ अनि सहर पनि
पूरा होला देखेको सपना अनि रहर पनि
पुर्याउ चाँडै हाम्रो गाउँमा मोटर गुड्ने बाटो
दश औंला घोटी पुर्याउ खान सधैलाइ आँटो
विष्णुप्रसाद धिमाल आजाद
मात्तिम ९ खोटाङ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )