~सन्दिप बडाल~
मैले प्रशंसा नगरुँला, तिम्रो कोमल तनको
मैले वास्ता नराखुँला, तिम्रो भरिलो जोवनको
तिमीले त्यसमा पीर नमान्नु, ती जालान् एकदिन क्षीण भएर
माया त रहिरहनेछ सधैँ, तिम्रो मेरो मनको
म तिम्रै हाँसोसँग मात्र रमाइरहुँला
म तिम्रो शरीरसँग मात्र रत्तिरहुँला
के होला जब ती नरहलान तिम्रो साथ
छोडीदिनु त मैले नि तब तिम्रो हात?
त्यति महत्व नदिउँला मैले, शारीरिक प्रेम चलनको
माया त रहिरहनेछ सधैँ, तिम्रो मेरो मनको
म तिम्रा इच्छाहरू (जुन पक्कै होलान) लाई वेवास्ता गरीरहेको हुँला
तिम्रा आकांक्षाहरूलाई पनि मारीरहेको हुँला
त्यसो भए भन्नु तिमीले, म गरुँला आत्मसात
मलाई मानी-पुजेर, नगर्नु आफ्ना इच्छासँग घात
म मनले नबनुँला सहभागी, त्यस शरीर सम्मेलनको
माया त रहिरहनेछ सधैँ, तिम्रो मेरो मनको
-फागुन, २०६४
(स्रोत : रचनाकारको ब्लगबाट सभार)