~पशुपती कार्की~
काठमाडौ,
थाहै पाउदैन डाँडा पर के हुदैछ,
अनविज्ञ छ छितिज पारी के भयो,
उदासिन छ झुपडीमा बस्नेप्रति
ब्यर्थ रटान दिन्छ राष्टियता को,
रातदिन,बाटोमा,गल्लिमा,चौरमा
मौन बस्छ सिमा मिचिदा
नारीमाथी अन्याय हुँदा,
बरु सँरक्षण मै ब्यस्त छ,
कालोबजारी,अपराध र भ्रष्टाचारको,
चराचुरुङ्गी,जिबजन्तु भाडाकुडा हरुको।
जनसंख्या घडीलाई थाहा हुन्छ र?
ताप्लेजुङमा आमा को मृत्यु
हुम्लामा शिशुको जन्म,
सिँहदरबार मा बस्ने सिँहहरु
बाघदरबार बस्ने बाघहरु,
बानेश्वर छिर्ने बैगुनिहरु,
छरिएर रहेका ब्वासाहरु
मन्द बीस फैलाइरहेछ्न,
दूध खुआउदै पालियका सर्पहरु
भागेर आइपुगे शासन गर्न
हाम्रो सहयोगमा,
सभ्य बोली,क्रूर मन लिएर ,
यी सबैको कृपाले चल्छ
काठमाडौ
थाहै छैन उसलाइ,
मर्दा सँस्कार गर्ने मान्छे भेटिन्न गाउँमा,
फोन गर्न डाँडा को रुख चढ्छ मान्छे
वनमा जन्मिन्छन भविश्यहरु,
गर्भमै तुहिन्छ्न लाखौं सपनाहरू,
आफ्नै देशबारे थाहा पाउन्न नागरिक
आफैमा गुम्सिएको देशको,
कचिंगल मा हुर्केको राजधानी ,
गर्वले ,नलजाइ सिर ठाडो पार्दै
दोहोर्याएर भन्छ,
यो एक्काइसौं सताब्दी,
बिज्ञान र प्रबिधिको युग।
अब त अति भो
समय धेरै टाढा पुगिसक्यो,
प्रसव बेदनाले छट्पटाएकी नारी को
चीत्कार सुन्नुपर्छ उसले,
गरिबको चुल्हो चिसो राख्नुहुन्न अझै
बाँच्नपाउनु पर्छ गर्बले,
भोकले अत्याइएकाहरु
रोगले सताइएकाहरु ,
पिडामा बाँचेकाहरु,
परिवर्तन अनिवार्य छ नियतिको,
प्रत्यभुती हुनुपर्छ नागरिकमा,
मेरो देश नेपाल प्राणभन्दा प्यारो छ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )