~बिक्रम श्रेष्ठ “सागर”~
आखिरीपल घात माझ बिचमा निम्ता भयो दैवको।
छाडी जान सकूँ म प्राण सहजै सारा सबै वैभव।
आँसू पात्र बनेर साथ सबले पर्खी बसे काल त्यो।
चिन्ता पीर रहेन साथ अब लौ मूठ्ठी भरि स्वासको।
भाका त्यो सबको विचार मतले विस्मात लौ मै भए।
आफ्नो भन्नु रहेन साथ अब लौ सन्तापले नै मरे।
आई झट्ट टिपेर सँग लग लौ देख्नै छ के नै अब।
छाडी जान सकूँ म प्राण सहजै सारा सबै वैभव।
बिक्रम श्रेष्ठ “सागर”
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )