~नोवल निरौला~
है पियारी !
गोली र वारुदमा रुमल्लिएको वेला
तिमी र म,
शान्ति फर्काउन
सँगै उडेका हैनौ ?
तिनीहरुका मन कुँडिएको समय!
भाईचाराको नारा भुलेको दशक
दानवताको विचार मौलाएको वखत
शान्त मैदान रणभूमी वनेको क्षण
हिजो झै लागिरहेछ साथी !
शान्ति!
नफर्किने गरी
पोईलागई भन्नेहरु
जिव्रो टोक्दैछन् आज !
गौतमवुद्धको देशलाई
मारकाटको देश भनेर
गिल्ला गर्नेहरु
फर्किदैको शान्ति देखेर
छट्पटाईरहेछन् !
है पियार !
गुणहरुवाट लखेटिएको
मुटुमा छुरा डविएको
अपहरण र कुद्रिष्टि मौलाएको
वाझ र शिकारीहरुसँग जुधेको
हिजो झै लागिरहेछ !
धन्न यो भूमीमा
तिम्रो र हाम्रो पुकारले
फेरीपनि शान्तिको ध्वनी
गुन्जिनै लागेको छ।
युद्दको धङधङी वाकी नै भएपनि
हल्काफूल्का घटना घटेतापनि
जानुपर्छ नाच्न, दोहोरी खेल्न
पहिलेका रोदिघरहरुमा ।
रम्नुपर्छ आफ्नै घर आँगनीमा
अतितका प्रतिशोधहरु विर्षिएर ।
भुलाउनुपर्छ विगतका पिडाहरु
भाईचाराको गीत गाएर ।
वसिरहन्छ तव पो
आउँदै गरेको शान्ती
युगौ युग सम्म
आफ्नै मात्रीभूमीमा !
काले!
मेरा पियार!
किन लजाउँछौ हो अझै?
मुस्काईदेउन उसैगरि,
जसरी मुस्काउथ्यौ उवेला ।
मर्काईदेउन कम्मर उसैगरि,
जसरी मर्काउथ्यौ उवेला ।
गाऔन गीत उसैगरी,
जसरी गाउँथ्यौं उवेला ।
देउ तिम्रो चुच्चो !
लेउ मेरो चुच्चो !
लौ भन त,
पहिलो पल्ट,
तिम्रो र मेरो आँखा
जुधेको कुन ठाउँ ?
काली!
मेरी पियारी !
उही पशुपतिमा
धन्य पशुपति !
आज फेरी
शान्तिका साथ
उही गुडँमा फर्केर
उही आँगनीमा रम्दै
मेरी पियारीसंग
मिलाउँदैछु चुच्चो
असफल वैरीहरुलाई,
गिज्याउँदै र खवरदारी गर्दै !!
असफल वैरीहरुलाई,
गिज्याउँदै र खवरदारी गर्दै !!
March 22nd, 2009
(स्रोत : Mysansar.com)