कविता : आमाको चित्कार

~अविचन्द्र र्इङनाम~Abichandra Ingnam

कहालिएर चिच्याउदै रोइ रहेछिन आमा
भन्छीन आउबचाउ मेरो अश्मितालाई
बिभिन्न रङ्ग र रुपका भए ता पनि
मेरा सन्तती नै हौ तिमीहरु सबै
भबिश्य तिमीहरुकै लागी हो – २

ति क्रुर हिंस्रक आत्मा घाती निर्दयीहरुले
काटन लागे ति मेरा हिडने खुट्टाहरु अनि
दुश्मनहर संग लडने ति मेरा हातहरु
मलाई फाल्न खोजि रहेछन यो धर्तिमा
केवल मेरो धुकधुकी मात्र राखेर यहा- २

जन्मिए म बाट धेरै सन्ततीहरु यहा
तर तिनै भए मेरा बैरि आज यहा,
नभएका होइनन सपुतहरु यहा, तर
लिए हुर्मत तिनीहरुको यिनै लाछीहरुले
बनाए क्षत बिक्षत अनि शक्ति हिन – २

बिश्वास नास्तिकहरुले गरुन वा नगरुन
नून पानीको कसमलाई बेवास्ता गर्दा
एकतिसेको बेहाल भएको छिपेको छैन
अब एकाईसेहरुले पनि बुझेनन भने
समय आउनेछ लिएर मेरो करामत – २

हुन नदेउ बाघको छालामा स्यालको रजाई
संघर्ष गर एकथोपा रगत रहे सम्म यहा
यदि मेरो सपुत हौ भने तिमीहरु सबै
एकजुट भएर अघी बढ हात मिलाएर
म सक्ति बनि आईरनेछु पछि पछि – २

मेरो ऐतिहासिक अस्तित्वलाइ बचाएर
तिमीहरुको भविश्यको निर्माण गर यहा
यहिछ मेरो चित्कार तिमीहरु सबलाई
बुझिदेउ यो लिम्बुवान आमाको चित्कार
सुनिदेउ कान खोलेर यो आमाको चित्कार – २
यो आमाको चित्कार ।

मुजोत्लुङ हाङबाट

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.