~चम्पा देवी खड्का~
बर्ष दिनको यती ठुलो चाडमा बुढी आमा टुक्क्रुक बसिन हनुमान ढोकामा
चाडको दिन टाढा कहिबाट छोरी आईपुग्छेकी भन्ने ठुलो आशामा
सबैका छोरी रातै र पहेलै भएर गये मेलामा
आफ्नो त छोरी खाली हात आ छ केही छैन झोलामा
चाड पर्ब पनि धनीलाई आउछ गरीबलाई यस्तै हो
गरीबको लागि दुख्ख मात्र छ दिन रात उस्तै हो
रङी चङी लुगा लगाई हिंड्न कसलाई मन लाग्दैन
धनीले त महिनादिन चाड मनाउछन गरीबलाई छाक टार्न पुग्दैन
ति दुई महिला पाटिमा बसी के के कुरा सोच्दाहुन
आ आफ्ना दुख्खका पोका एक अर्कामा पोख्दाहुन
गरीबिले गर्दा पाटिको बास बस्नु पर्योनी आज
टाढाबाट थाकेर आएकी छोरीलाई खान दिउ भने केही छैन खाजा
गरीबका दिन पनि आउछन भन्थे नेताले भाषानमा
जती दिन आए धनीका आए गरीबका दिन आएनन कुनै शासनमा
तीजको दिन सबै महिला छम छम नाच्दैछन
कठै ति बुढी आमा मनका दुख्ख छोरीलाई पोख्दैछन
चम्पा देवी खड्का
बाङ्लुङ, बा न पा – २
हाल USA
August 29th, 2009
(स्रोत : Mysansar.com)