~दीपक कुमार ज्ञवाली~
फक्रन्छन् कोपिलाहरु
सुभाष मिठो छर्दै
चिरबिर गर्छन् चरीहरु
उन्माद आफ्नो पोख्दै
ऋतुराज बसन्त आज
घोप्टियो धरातलमा
पोख्दै आफ्ना अवयबहरु
लौ हेर लौ हेर भन्दै
लालुपाते टपक्क टिप्दै
शिरमा लरक्क सिऊँरीदै
बिचरण नव यौवनाको
आकृति प्रकृतिले छोपदै
पराग शेचनको मूर्तरुप
डाँडाभरी फूलेका राम्राफूल
मन मोहित आउ आऊन
प्रिय सदा मेरै समिपमा
कल कल बहन्छन् खोला
हतार गन्तब्य भेटाऊन
शिर शिर बहन्छ हावा
आफ्नो उन्माद पोखन
आतुर छन् प्रियसीहरु
नव आगन्तुक वसन्तको
लालीत्य छटाहरु पछ्याउन
न्याउलीको आवाज सरी
म भएछु एकलो बिरही
बसन्तले आकृष्ट गरेन मलाई
ति फुलेका रंगीचंगी फूलहरु
पार भए धेरै वसन्तहरु
सोहि सरी पार भए मेरा
यौवनका उन्मादका क्षेणहरु
घचघचाऊन नआऊ वसन्त
मेरा ति अतितका क्षेणहरु
शिरमा लालुपाते सिऊरिदिने
स्वदेशमा छैनन् नि मेरा हजुर
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )