~विश्व बल्लभ~
पर्खी बसें आउला भनी मेरो उठने पालो
मेरो उठने पालो
कुर्दा कुर्दै जिन्दगी नै भै गएछ कालो कालो
भै गएछ कालो मेरो उठने पालो
वारिपारी अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा
आफ्नै छाँया आफै सँग भागी हिँड्न थाल्यो
भागी हिँड्न थाल्यो
आफ्नै माँया आफैलाई बोझ लाग्न थाल्यो थाल्यो
बोझ लाग्न थाल्यो
तातो हावा बहिदिन्छ मुटु पोल्ने गरी
निराशाको दियो बल्छ दिलै जल्ने गरी
वर्षौ भयो चलेकै छ मन भित्र यो आँधी
मन भित्र यो आँधी
बाध्यतामा बाँच्नु पर्यो चाहनालाई बाँधी बाँधी
चाहनालाई बाँधी
पर्खि बसे आउला भनी मेरो उठने पालो
मेरो उठने पालो
शब्द : विश्व बल्लभ
स्वर : नारायण गोपाल
सङ्गीत : सम्भुजीत बाँसकोटा