~गोपाल योञ्जन~
गल्ति हजार हुन्छन, यहाँ होस हराएको बेला
एक्लै तिमि नआउ, म मात्तिएको बेला
मेरा यी हातहरुले, कहिं घात गर्न सक्छ
अनि प्यार गर्दा गर्दै पाप पनि गर्न सक्छ
रूपको के मूल्य हुन्छ, म पशु भएको बेला
एक्लै तिमि नआउ, म मात्तिएको बेला
कहिं धर्म गर्ने निहुँमा, बलिदान हुन नपाओस
सम्पूर्ण अंग बाहेक, अत्याचार हुन नपाओस
मेरा कामनाहरुले, मलाई हराई दिन्छ
तिमि भन्दा तिम्रो यौबन, कहिं मन पराइ दिन्छ
रक्षक मलाई नसम्झ, राक्षस भएको बेला
एक्लै तिमि नआउ, म मात्तिएको बेला
शब्द, संगीत – गोपाल योञ्जन
स्वर – नारायण गोपाल