~एस्पी कोइराला~
आमा भन्दै रून पाऊँ बिराउँदा बाटो
मुटु दुख्दा छुन पाउँ एक मुठी माटो
छातीमाथि रोपेको छु फर्फराउने झण्डा
मैले टेक्ने जमीन ठूलो आफ्नै प्राण भन्दा
शिरमाथि माटो राख्ने आमाको त्यो अर्ती
आत्मा भन्दा निकै प्यारो म जन्मेको धर्ती
माटोसित मुटु साट्नु मेरो महान धर्म
स्वदेशको सपूत भन्न नहोस् मलाई शर्म
चन्द्र सुर्य झल्मलाउँछ सँधै मुटु भित्र
ढुकढुकीमा सल्बलाउँछ आमा तिम्रै चित्र
शब्द – एस्पी कोइराला
सङ्गीत – आलोक श्री
स्वर – कर्णदास