कविता : उचाइ

~बिटु केसी बराल~Bitu KC Baral

उचाइमा पुग्न सजिलो हुन्नरे – भन्नेहरू भन्छन्
पुगेपछि संसार आफ्नो मुठ्ठिमा हुन्छ बुझ्यौ – तिमी भन्छौ
त्यसैले त म देखिरहेछु –
सायद उचाइमा पुग्ने होड्बाजिको
यहाँ दौड लागेको छ ,
आकाश छुने आकाँक्षाहरू सगरमाथा भन्दा अग्लो छ
मलाई लाग्छ –
उचाइमा पुग्नु भन्दा
टिक्न बढी कठिन हुन्छ
सगरमाथा चढ्ने त धेरै भए
तर खोइ ?
को, को कहाँ, कहाँ पुगे ?
हो , म मान्थे हुँला –
यदि सगरमाथामा बस्ती बसेको भए
चन्द्रमामा शहर पसेको भए
थाहा छैन मैले धेरै बुझे वा थोरै
हरेक उचाइको फर्कने बाटो
केबल ओरालो मात्र देखेँ
नपत्याए सोध –
सगरमाथा आरोहीलाई
चन्द्रलोकबाट फर्केका अन्तरीक्ष यात्रीलाई !!

(स्रोत : Onlinekhabar , june 29 , 2013)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.