~अमर भाट~
तिम्रो मेरो बिचको दुरी घट्ने दिन आउला कि ?
तिमि जस्तै सुग्घर ठाउँमा बस्न मैले पाउँला कि ?
भारी बोकी उकाली चढ्दा सवारीमा तिमी झर्छौ
मेरो तनमा गन्ध आउछ तिमीले पो अत्तर छर्छौ
तिम्रो जस्तै जिन्दगीमा बास्ना मेरो छाउला कि ?
झन् भन्दा झन् बढ्दै गाछ तिम्रो मेरो बिचको दुरी
यहि दुरीले ल्याउने छ है समाजमा आंधी हुरी
कुनै दिन त न्याउलीले नि मिठो गीत गाउला कि ?
मैले टेक्ने धर्ति नै पो सायद यहाँ खराब हो कि ?
तिम्ले हिड्ने बाटो नै पो मेरो भन्दा फरक छ कि ?
तिम्लाई मलाई जोड्ने डोरी समयले ल्याउला कि ?