गजल : तिमीले बारे पछि

~तीर्थ संगम राई~Tirtha Sangam Rai

उदास तिम्रो मुहारमा खुसी तिमीले बारे पछि ।
आँशु झार्न हुदैनथ्यो मलाई माँया मारे पछि ॥

हिजो सम्म तिम्रा लागि कयौं रातहरु रोए मैले ।
आज माँया गर्छु भन्छौ अरुले माँया सारे पछि ॥

हातहरु फैलाई रहें किनारा छेऊ एक्लै बसी ।
तिमी आयौ बहकिन्दै अर्कैले खोला तारे पछि ॥

दोष मलाई नदेऊ तिमी दोष मात्र तिम्रो थियो ।
धोका पाएँ भन्दै हिड्छौ आफ्नै प्रेममा हारे पछि

बाँचा कशम जति खाऊ “गीता” टाढा भए पछि ।
चाहिन्दैन भो साहारा तिम्रो छाँगाबाट झारे पछि ॥

~तीर्थ संगम राई
स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.