~गोविन्द गोदार~
किरी किरी बनै भरी करायो झ्याउँकिरी
मरी मरी ढाकछोप गरी लुक्दैन जवानी
हो…हो… लुक्दैन जवानी
छोयर गयो हावाले सुस्त
प्यारीको वदन
आउ मिलाउ बढाउँ संगै
जीवनका कदम
हो…हो…जीवनका कदम
लरक्क लरक्यो फूलको थुंँगा
यौवन भरियो
होईन होईन लाजले भन्छ्यौ
वासना छरियो
हो…हो… वासना छरियो
त्यो फूलको स्याहार राम्ररी गर्ने
मालीको खाँचो छ
आएर सजाऊ जीवन मेरो
बगैंचा बाँझो छ
हो… हो… बगैचा बाँ
किरी किरी बनै भरी करायो झ्याउँकिरी
मरी मरी ढाकछोप गरी लुक्दैन जवानी
हो…हो… लुक्दैन जवानी
(स्रोत : रचनाकारको ब्लगबाट सभार)