कविता : नेपाल आमाको पीरले

~रेशम बि.सी.~

नेपाल आमाको पीरले, आमाको पीरले
पुछिदिन आँसु आमाको आज
कस्सिनु छ हेर यी सपुत वीरले

सेताम्म फुलेको यो हिमाल हाम्रो
बचाई राख्नु छ
नेपाली हाम्रँे वीरताको गाथा
सधै उँचो राख्नुछ

पूर्वमा लाली उदाउँने त्यो दिन
ल्याउनु छ हामीले
निष्पट्ट रात चिरेर विहानी
पाउनुछ भोलि यी हाम्रा नानीले

मेचीकाली उठ हिमाल तराई जुट
अस्मिता बचाउन
आमालाई टुक्रा पारेर बेच्ने
यी दुष्ट भगाउन

दाङ, देउखुरी

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २७ – २०६८ जेष्ठ ११ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.