कविता : प्रवास र आइमाइ मान्छे

~पञ्च विस्मृत~Pancha Vismrit

भुत्रोको मोलमोलाइमा
अल्झिएका
यी कदम
धुमिल बन्दैगएछन्

लक्ष्य, गन्तव्य
र सपनाहरु

प्रत्येक स्पर्श
प्रत्येक चुम्वन
प्रत्येक आरोह अवरोह
श्वासको
प्रहार अनुरागको
गन्तिमा परेका छन्
गन्तिमा परेका छन्-
लाडे आवाजहरु

बर्गर, रोटीचनाए
जिज्जाहट, म्याकडोनाल्ड
र केएफसीहरुमा थिचिएर
भारीपीडा सहिरहेछन्
अस्तिका आश्वासनहरु
आमा, छोराछोरी, सखीका लागि
साँचेका प्रेमका
सौन्दर्यका सौहार्दका बातहरु

यसरी पनि
जीवन कुल्चेर निर्मम
प्रेम डोर्‍याउनु छ
हरे हरे वैंश !
हरे हरे प्रेम- जीवन !
हरे हरे प्रवास !
आइमाइमान्छ !!

वसन्तटार २ धनकुटा

(स्रोत : कविको “नदेखिएको आकाश” कविता सङ्ग्रह, २०६०बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.