~शरद लामा~
तीज को बेला नाचेको मेला हेर्न लाई आयको,
केहि कुरा भन्छु हे बुढी आमा मनमा लायको !!
***********************************
मेरो त माइती दैब ले लग्यो अचाक्ली भयको,
तिमीलाई देख्दा याद आयो आमा माइत मा गयको !!
**************************************
गाउमा माइत काठमाडौँ घर भयर बसेको,
हनुमान ढोका तीज को मेला हेर्न लाई पसेको !!
**********************************
अरुत नाच्छन कम्मर भाच्छन रमाइलो गरेर,
एकछिन बस्न भनेर आको मनमा पीर परेर !!
**********************************
गरेर काम पुग्दैन माम काठमाडौँ सहरमा,
काठमाडौँ आईयो पीरती लाइयो बैश को रहरमा !!
***********************************
छन् मेरा पति बिग्रेका मति टेक्सिका डाइबर,
सक्दैनन तिनले कपडा मालाई किन्दिन फाइबर !!
*************************************
सम्झेर माइत यो मेरो मन यति त रुदैन,
यो मनको कुरा गरेर पुरा कहिलै हुदैन !!
Sarad Lama
Qatar
August 29th, 2009
(स्रोत : Mysansar.com)