~प्रकट पगेनी~
टाढैबाट मलाई हेरी हजुर मुस्कुराईस्यो,
नजिक आई हेरी फेरि हजुर मुस्कुराईस्यो
हजुरको नाम प्रकट भन्ने सुन्न पाउँदा म धन्य भएँ
मेरो नाम मृदुला भन्दा हजुर मुस्कुराईस्यो
त्यहीँ खै कसरी खस्यो मेरो सल भुईमा
उठाई सल काँधमा बेरी हजुर मुस्कुराईस्यो…