~सन्दिप बडाल~
मेरो साथ छिन मेरी आफ्नै आभा
त्यो सुर्य निदाए मलाई के भो र?
शितल शान्त शशी मेरै हृदय नभमा
घटीबढि उदाए त्यो चन्द्रमा के भो र?
चमचम मेरी रत्न मेरै आँखा-नानी भित्र
टिमटिम तारा गगनमा जगमगाए के भो र?
भाग्य मेरी छिन मेरै अँगालोभित्र
नक्षत्र ति व्योमका आए-बिलाए के भो र?
मेरी मायाको मुहारमै छ आशाको उज्यालो
अन्धकारमै बिहानी हराए के भो र?
सुमधुर सुर मेरै मायाको बोलीमा
पानी जतिसुकै कलकल कराए के भो र?
सौन्दर्य छ मायाको अद्वितीय उस्तै
फूलले आफ्नो दर्शक बढाए के भो र?
ईश्वर देख्छु म त मेरी माया भित्रै
दुनियाँले ढुङ्गामै दर्शन चढाए के भो र?
-चैत्र ३०, २०६६
(स्रोत : रचनाकारको ब्लगबाट सभार)