~चेतन कार्की~
कस्तुरी है बास आउँछ भन्छन २
सुनमाया आउँदैन त्यो किन हो यो दिनैमा
हो…पहिले माया हाँसेर लायौ २
सुनमाया अहिले पो चाल पायौ हो यौ दिनैमा
तिम्रो माया छ एकातिर २
सुनमाया नहेर मतिर हो यो दिनैमा
हो…आकाशमा नौलाख तारा २
सुनमाया आँशुको नौधारा हो यो दिनैमा
शब्द: चेतन कार्की
संगीत: नातिकाजी, शिबशंकर
स्वर: नारायण गोपाल
चलचित्र: “मनको बाँध”