कविता : अब जीत यो थीर रहला

~पुरुशोत्तम बाबु~

जितै को उत्सब्को बिजय घडीको आश खुशीको
बुन्यो मन्ले राम्रो तरङ्ग मनमा गजबको
हेरिरहुँ लाग्ने नेपाली सुखको आनन कला
देखी रहुँ मैले जीत अब नेपाली सुख पला

उतै हेर्छन आँखाहरु सब पनि आश गरदै
खुशी छन ति सारा नयनहरु ति ज्योति भरदै
उमङ्गको हात पनि उठिगो त्यो झन्डा सहितै
देखी रहुँ मैले अभय नेपाली सान सहितै

कती राम्रो लाग्ने जुनेली पनि यो रात भरिलो
कती मात लाग्ने हृदयभरिनै जोश भरिलो
केही होला यहाँ नेपाली भुमी यो शान्त रहला
देखी रहुँ यस्तै उत्सब, अब जीत थीर रहला

आकाश को खुलापन पनि यहाँ सिर बनिगो
आदित्यको ज्योति पनि नवता को बल भयो
भुमी हासिन् फेरी नेपाली मनमा देखी खुशी यो
देखी रहुँ यस्तै बिजय नेपाली जगतको

चरी ले गायो कि बन बन नयाँ गीत खुशीको ?
हावा ले ल्यायोकी जल बोकी नयाँ भेट सुखको ?
कहीँ आए जस्तो युग पनि नयाँ आगन बनी
म देख्छु कि यस्तै युग युग खुशी को घडी यहीँ ?

हेरी रहन्छौ नि तन मन पनि दियी एक टकले
तिमी नाच्दै छौ नि बोकिकन यो नेपाल खुशीले
यो झन्डानै तिम्रो हृदय पनि हो कि जसो गरी
तिमी नाच्दै छौ नि नेपाल पनि लेख्दै मनभरी

यो जीत साच्चै नै नेपाली जगत बीच फुलिगो
मेरो लागि यही अमर गती को नेत्र बनिगो
खुशी पाल यस्तै नेपाली जितमा जोस भरदै
खुशी देख्न पाउँ फेरिपनी नयाँ कीर्ति सहितै

Purushottam Babu
USA
April 19th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.