~मिना नेपाल~
धेरै खुशी लाग्नु पर्ने खुशी धेरै लाग्या छैन्
सयौं मैन बाल्दा पनि कालो किन भाग्या छैन् ?
मैन जलि राख भए अँध्यारोले छोप्ने डर छ
सिधा–साधा जनताको मनभित्र अन्योलको घर छ ।
तराई जल्दा पहाडमा लप्का आउँछन् हेर
हिमालमा लप्कासँगै धुँवा पुग्छ धेर ।
आगो दन्न दन्न बल्दा यहाँ सन्च मान्छ कसले
दन्न दन्न बल्या आगोभित्र घ्यू थप्छ जसले ।
पहाडको कुर्था लाउँछ, हिमालको टोपी
चुरेको ओढ्ने ओढ्छ तराईको धोती ।
ढाका टोपी सेतो कुर्था ँछ सेतो धोती
सबै मिली बसेपछि हामै्र देश हो मोती ।
सबैलाई समान व्यवहार गर्न सिकौं सम्मान
तराई, पहाड, हिमाल सबै सधैं नेपालको शान ।
हा“सी खुशी बस्न सकौं यहि देशको काखमा
हिमाल, पहाड, तराई सधैं–सधैं साथमा ।
यत्रतत्र मैन जले असोजको दिन
जल्या मनले भनि दिए यसलाई कालो दिन ।
दीप प्रज्वलन र कालो दिन कस्तो हो संयोग
धेरै सहिन सहन्नन् अब आफन्तको वियोग ।
मिना नेपाल
इनपा–२, भानुपथ
(स्रोत : इलाम पोस्ट अन्लाइन)