कविता : जयजयकार गरौं

~त्रिशंकु~

भुच्चुक कोर्कालीहरु सन्काएर
तिनबाट अनेक उपद्र गराएर
जे जति गडबड गरियो यहाँ
त्यसको निम्ति जयजयकार गरौं ।
निर्घिनी देश भँडुवाहरुको

अनेकतन्त्रको नाम लिएर
भ्रमपूर्ण विविध षड्यन्त्र रचेर
सत्ता हत्याउन प्रवत्त हुनेहरुको
जयजयकार गरौं
परचक्रीका खुट्टा मलुवाहरुको ।

वस्तुस्थितिको ख्यालै नगरी
हुर्दुंगे रुप लिई सधैं विचरी
जजसले अनिश्चित कार्य गरे
त्यसका निम्ति जयजयकार गरौं
गफजीवी धूर्त ढँटुवाहरुको ।

सज्जनको हितमा को बोलोस् ?
सत्को निम्ति को अघि सरोस् ?
हाटहुट, लाटलुट चाटचुट हुनु नै
यसबेलाको ठानेर व्यवस्था
जयजयकार गरौं
रक्त चुसुवाहरुको ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.