~नगेन्द्र थापा~
बिहान नभै बतासले शीत किन सुकाई दिन्छ २
जस्तै मेरा पिरहरुले गीत सबै लुकाई दिन्छ २
छायाँ परे परे जस्तो, चेहराको ऐना भित्र २
कहिलेकाहीं बिर्सी दिन्छु, बितेका अनेक चित्र
कसैले हारी सके, जिती सके जिन्दगिमा २
म पनि त जितुं भन्छु २, कसले कसले बिर्साईदिन्छ
बिम्ब झरे झरे जस्तो, फूल भित्र तरेलीमा २
कहिलेकाहीं अल्झी दिन्छु, आँशु भित्र परेलीमा २
मलाई पनि कतै तिर, माया लागे जस्तो हुन्छ २
सम्झिएका व्यथा सबै २, कसले कसले बिर्साईदिन्छ
शब्द: नगेन्द्र थापा
संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल