गीत : सागर भरी छाती चिरी

~महाकवि लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

सागर भरी छाती चिरी पहाडबाट आएँ
तिन तारे सारंगी लिई क्षण भर गीत गाएँ २
लहरसंग मितेरी लाइ मैले छंद पाएँ
कानबात हृदयमा आज गुँड लाएँ २

अघिको म तुना गाउँछु आजको म बाला
पछिको म खबर दिन्छु आँखा बल्दो ज्वाला
सब तिर रहने जो मिठो लाइ लाइ
तार भित्र सुत्नेलाई ब्युंझाई गाइ गाइ २

आँगन आगन डुली डुली सानो रंगी चरी
मोति जस्तो चामल मुठी माग्न भरी भरी
शिशु बैंशे बुध भन्छन मेरो सरल गाना
मुठ्ठी मुठ्ठी भरी प्यारा आँशु जस्तै दाना २

शब्द: महाकवि लक्ष्मी प्रसाद देवकोटा
संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.