कविता : उपद्र सिवाय

~टिमुरमान लामा~

केही रच्न सकेको पाइन्न
दलहरुले
हैरानी सिवाय
केही भोगाएको पाइन्न
छलेहरुले ।
उपद्र..

मुखले जनताको नाम लिने
कामले भने
तिनलाई दुःख दिने
बेइमानी सिवाय
केही बर्तेको पाइन्न
कचिंगलेहरुले ।
उपद्र…

जनताले अधिकार
सुम्पिउन् नसुम्पिउन्
आफैंलाई ठेकेदार सम्झने
आपत आइपर्दा
पर पर पन्छने
आफूलाई अगुवा ठान्नेले
नादानी सिवाय केही
दर्शाएको पाइन्न
चहलपहलेहरुले
उपद्र…

जताततै स्थिति खलबल्याउँदै
महत्व पाउन खोज्नु सिवाय
सुधार कतै गरेको पाइन्न
अलमलेहरुले ।
उपद्र…

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.