गजल : मुख्याइँ त गर्छन् नै

~पुष्कल श्रेष्ठ~Pushkal Shrestha

मुर्खहरूले मुख्याइँ त गर्छन् नै
लोभीहरूले आँखा त तर्छन् नै

पापीहरूको जगजगी चलेपछि
सञ्जनहरू जालमा पर्छन् नै

हरदम जति होस गरेपनि
मर्नेहरू त आखिर मर्छन् नै

मायाँले च्वास्स मुटु घोचेपछि
अन्जानमै आँशु त झर्छन् नै

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.